पाथीभरा याङ्वरकले वडामा पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण संगै परिचय–पत्र बितरण गर्ने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका प्रत्येक वडामै पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण संगै अपाङ्गता परिचय–पत्र बितरण समेत गर्ने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार शुक्रवारबाट सुरु हुने उक्त सेवा प्रवाह असोज १६ गते सकिने छ । घिमिरेका अनुसार असोज ११ गते शुक्रवार वडा नं १ को नाङखोल्याङ स्वास्थ्य चौकीमा,१२ गते शनिवार २ नं वडा कार्यालय थेचम्बुमा र १३ गते आइतवार ३ नं वडा कार्यालय तिरिङ्गेमा सेवा प्रवाह गरिने छ ।

यस्तै १४ गते सोमवार वडा नं ६ को थुम्बेदिन स्वास्थ्य चौकीमा,१५ गते मंगलवार ५ नं वडा कार्यालय चाक्सिबोटेमा र १६ गते बुधवार वडा नं ४ को स्वास्थ्य चौकी डुम्रिसेमा सेवा प्रवाह हुने छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार स्थानीय अपाङ्गता समन्वय समितिको बैठकको निर्णय अनुसार प्रत्येक वडामै पुगेर अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण संगै अपाङ्गता परिचय–पत्र बितरण कार्यक्रम तय भएको हो ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts