खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडद्धारा ताप्लेजुङमा ‘सुपथ छुट मूल्य पसल’सञ्चालन,प्रतिकेजी ५ रुपैयाँ छुट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ७ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङले ‘सुपथ छुट मूल्य पसल’सञ्चालन गरेको छ ।

दशैं,तिहार,नेपाल सम्वत्,छैट,चासोक तङ्नाम,ल्होसार सहितका नेपालीहरुका चाडपर्वलाई मध्यनजर गर्दै आउँदो माघ २ गते सम्मका लागि सुपथ मूल्यमा बिक्री बितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङका प्रवन्धक सुधा थापा खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार लिमिटेडको ताप्लेजुङ शाखामार्फत स्टिम जिरा मसिनो तथा सोना मन्सुली चामलका छुट सहित बिक्री बितरण सुरु भएको हो । स्टिम जिरा मसिनो तथा सोना मन्सुली चामलमा प्रतिकिलो ५ रुपैयाँका दरले छुट दिईएको छ । थापाका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलोग्राम ९४ रुपैयाँ साविक बिक्री मूल्य कायम भएकोमा प्रतिकिलो ५ रुपैयाँ छुट गरी प्रतिकिलो ८९ रुपैयाँ कायम गरिएको छ । यसोगर्दा २५ किलोग्राम वजन भएको एक प्याकेट स्टिम जिरा मसिनो चामलको २ हजार २ सय २५ रुपैयाँ पर्न जान्छ ।

साविकमा प्रतिकिलोग्राम ६५ रुपैयाँका दरले बिक्री बितरण हुँदै आएको सोना मन्सुली चामल पर्वोत्सव छुटका समयमा ६० रुपैयाँ प्रतिकिलोग्रामका दरले बिक्री बितरण हुने थापाले जानकारी दिनुभयो । यसो गर्दा २५ किलोग्राम वजन भएको सोना मन्सुली चामलको एक प्याकेट खरिद गर्दा क्रेताले १ हजार ५ सय रुपैयाँ तिनुपर्ने हुन्छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङमा अहिले स्टिम जिरा मसिनो चामल ३ सय ४२.५ क्विन्टल तथा सोना मन्सुली चामल १ सय ४१.५ क्विन्टल मौज्जाद रहेको कार्यालयले जनाएको छ । कारागारका लागि एकलटमा ३० क्विन्टल चामल खपत हुन्छ । माघ महिना सम्ममा कारागारमा दुईलट चामल जाने अनुमान खाद्यको छ । ‘करिव ६०–७० क्विन्टल कारागारका लागि राखेर अरु सबै सर्वसाधारणका लागि बिक्री गर्ने छौं ’थापाले भन्नुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts