‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने बिद्यार्थी देखि शिक्षकसम्मलाई नगद सहित लिटलबुद्धको सम्मान
उज्यालो पोष्ट
ताप्लेजुङ,असार २५ । ताप्लेजुङको फुङलिङस्थित लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलले २०८२ सालको एसईई परीक्षामा ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने बिद्यार्थी तथा अध्यापनरत शिक्षकलाई नगद सहित पुरस्कृत गरेको छ ।
बिद्यालयले यहाँको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई पाल्पाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई जानुहुने शिवराज सेढाइँको आगामी कार्यकाल सफलताको शुभकामना सहित बिदाई समेत गरेको छ । बिद्यालयका प्रिन्सिपल युवराज गिरीका अनुसार ‘ए प्लस’ ल्याउने ६ जना बिद्यार्थीलाई जनही १५ हजार रुपैयाँका दरले ९० हजार तथा ‘ए’ ग्रेड ल्याउने ५ बिद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले २५ हजार रुपैयाँ बितरण गरिएको छ । यस्तै उत्कृष्ट अंक ल्याउन आफ्नो मेहनेत र लगाव लगाउने शिक्षकहरुलाई दामासाहीले पाउने गरी कुल १७ हजार ५ सय रुपैयाँ बितरण गरिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुुसार बिहीबार ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने बिद्यार्थी तथा उत्कृष्ट अंक ल्याउनमा महत्वपूर्ण योगदान दिने शिक्षकलाई गरी कुल १ लाख ३२ हजार ५ सय रुपैयाँ बितरण गरिएको छ । लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कीर्तिमान मादेनले आगामी शैक्षिक सत्रमा चार जिपीए ल्याउने बिद्यार्थीलाई नगद १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ भने ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने बिद्यार्थीलाई अहिले बितरण गरिए अनुसारकै रकमबाट प्रोत्साहित गरिने घोषणा गर्नु भएको छ । कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका प्रजिअ सेढाँइ,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,जिल्ला प्याब्सनका सचिव तरुण भारती,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,शिक्षक मानसिंह राई सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।