मौरी प्रजातिको साङप्राङले चिल्दा ताप्लेजुङको ओलाङचुङगोलाका एक युवा घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ६ । मौरी प्रजातिको साङप्राङले चिल्दा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका ३७ बर्षे एक युवा घाइते हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार ओलाङचुङगोलाका ३७ को तेन्जिङडण्डु शेर्पालाई याक लिएर लेक तर्फ जाने क्रममा साङप्राङले चिलेर घाइते बनाएको थियो । घाइते शेर्पालाई श्वासप्रश्वासमा समस्या रहेको र अहिले घरमै प्राथमिक उपचार भइरहेको सशस्त्र प्रहरीको ओलाङचुङगोला विओपीका सशस्त्र प्रहरी निरीक्षक चन्द्रवीर लामाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटाई घटना बारे बुझेको र अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको जनाएको छ । सशस्त्र प्रहरीको ओलाङचुङगोला बिओपीले शेर्पालाई थप उपचार आवश्यक परे त्यसका लागि फक्ताङलुङ गाउँपालिकासंग समन्वय गरी थप उपचारका लागि पठाउने समेत बताएको छ । संसारमा मौरीका २० हजार भन्दा बढी प्रजाति रहेको बताइन्छ । (यहाँ प्रयोग भएको फोटो मौरीको आवरण देखाउने फोटो मात्र हो)

अरुलाई पनि शेयर गरौ !

Similar Posts