कक्षा १२ को पूरक परीक्षाका लागि ताप्लेजुङमा तोकिए दुईवटा केन्द्र,साढे ५ सय बिद्यार्थीले परीक्षा लेख्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २४ । यही भदौ २५ र २६ गते सञ्चालन हुने कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षाका लागि ताप्लेजुङमा दुईवटा केन्द्र निर्धारण भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार फुङलिङ नगरपालिकास्थित भानुजन मावि अम्बिटार र वालसुवोधिनी संस्कृत माध्यमिक बिद्यालय मेदिवुङलाई परीक्षा केन्द्र तोकिएको छ । भट्टराईका अनुसार ताप्लेजुङबाट ५ सय ५३ जनाले कक्षा १२ को पूरक परीक्षा लेख्दै छन् । जस अनुसार भानुजन माविमा २२ बिद्यालयका २ सय ८० तथा वालसुवोधिनीमा ११ विद्यालयका २ सय ७३ जनाले परीक्षा लेख्ने छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार भानुजन मावि परीक्षा केन्द्रमा वालसुवोधिनी,पाथीभरा बहुमुखी क्याम्पस,कञ्चनजंघा आवासीय मावि,सिद्धकाली मावि,सरस्वती च्यारिवुक मावि,मैवाखोला मावि,मोति मावि,दुर्गा मावि,चाँगे मावि,थेचम्बु मावि,जनता मावि र सिँवा माविका परीक्षार्थीले परीक्षा लेख्ने छन् । यस्तै कालिका मावि,वीरेन्द्र मावि,गणेश मावि,सिनाम मावि,सरस्वती मावि सिकैचा,निलगरी मावि,रविकला मावि,भञ्ज्याङ मावि र साँवा माविका बिद्यार्थीले भने भानुजन परीक्षा केन्द्रमा परीक्षा लेख्ने छन् ।

उता वासुसं मावि परीक्षा केन्द्रमा भानुजन मावि,तेल्लोक मावि,चाक्सिबोटे मावि,शारदा मावि,आम्बेगुदिन मावि,नारायण मावि,सरस्वती मावि हाङपाङ,महेन्द्र मावि,पृथ्वी मावि,त्रिभुवन मावि र परसिंहदेवी माविका बिद्यार्थीले पूरक परीक्षा लेख्ने भएका छन् । परीक्षामा एनजी नतिजा आएकामध्ये दुई विषयसम्म ननग्रेडिङ विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई विषयसम्म अनुपस्थित विद्यार्थी पनि पूरक परीक्षामा सामेल हुन पाउनेछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts