|

एकैदिन एक हजार १६ जना संक्रमित, सात जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौँ, भदौ २ ।
कोरोना भाइरस (कोभिड-१९) का एकैदिन एकहजार १६ जना नयाँ सङ्क्रमित थपिएका छन् भने सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गौतमका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् । पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, बागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एकसय १४ पुगेको छ ।

प्रदेश १ का एक सय ३९ जना संक्रमित
यसैबीच प्रदेश १ का थप १३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।
प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ । प्रदेश १ मा मंगलबार २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयजनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts