|

मेयर कप भलिबलमा शुक्रबार चार खेल सम्पन्न

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी चौथो मेयर कप पुरुष भलिबल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न भएका छन् । बिहीबारदेखि सुरु भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा चार खेल सम्पन्न भएका हुन् ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको पहिलो खेल सिदिङ्वा गाउँपालिकाले मेरिङ्देन गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै विजयी भएको छ । यस्तै दोस्रो खेल पाथीभरा याङ्वरकले फक्ताङ्लुङ गाउँपालिकाललाई ३–० कै सोझो सेटमा पराजित गर्दै विजयी बनेको हो ।
तेस्रो खेलमा पनि आयोजक फुङ्लिङ नगरपालिकालाई ३–० को सोझो सेटमा हराउँदै मिक्वाखोला गाउँपालिका विजयी भएको छ । शुक्रबारको अन्तिम खेल भने सिरिजंघा गाउँपालिकाले ३–२ को सेटमा फक्ताङ्लुङ गाउँपालिकालाई पराजित गर्दै विजयी बनेको छ ।
बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा फङ्लिङ नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । मेयर कप भलिबल प्रतियोगिताको बिजेताले ट्रफीसहित दुई लाख ७५ हजार १०० रुपैयाँ र उपविजेताले एक लाख ४० हजार १०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts