शैक्षिक गुणस्तर सुधारमा बिद्यार्थीको आवाज सुन्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ४ । शैक्षिक गुणस्तर सुधारमा बिद्यार्थीको राय लिन ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले माध्यमिक तहका बिद्यार्थीको आवाज सुन्ने कार्यक्रम तय गरेको छ ।

पालिका भरीका ९ देखि १२ कक्षा सम्म सञ्चालन भएका बिद्यालयका बिद्यार्थीहरुबीच वक्तृत्वकला कार्यक्रममार्फत सिरिजङ्गाले शैक्षिक गुणस्तर सुधारमा बिद्यार्थीको राय लिन खोजेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार बिद्यार्थीको आवाज सुन्न‘शैक्षिक गुणस्तर प्रवद्र्धनमा बिद्यालय,समुदाय र बिद्यार्थीको भूमिका’बिषयक वक्तृत्वकला कार्यक्रम सञ्चालन गरिने छ । प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार शैक्षिक गुणस्तर सुधारमा बिद्यार्थीले औंल्याएका सम्भावना र समस्याहरुलाई दृष्टीगत गरी आगामी आवको बजेटमा उनीहरुका उपयुक्त राय समेत समेटर नीति र कार्यक्रम तय गरिने छ ।

पालिकाले बिद्यार्थीको बौद्धिक क्षमता सुधारका लागि अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गर्ने छ । हाजिरी जवाफ प्रतियोगितामा पालिका क्षेत्रको बस्तुस्थिति र उपलब्धता,कक्षा ९ देखि १२ सम्मको पाठ्यपुस्तकमा आधारित नेपाल र विश्वको भूगोल,हावापानी,नेपाल र विश्वको ईतिहाँस,साहित्य,कला,संस्कृति,धर्म र जातजाति,विज्ञान प्रविधि,अन्तराष्ट्रिय संघसंस्था र संबैधानिक विकास क्रममा आधारित बिषय समावेश गरिने भएको छ । दुबै विधाका बिजेताले नगद २० हजार,उपबिजेताले नगद १५ हजार,तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई नगद ५ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts