|

प्रभु बैंकको फुङलिङ शाखाले पाथीभरा क्षेत्रका लागि दियो ३२ थान डस्बिन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १६ । ताप्लेजुङको फुङलिङस्थित प्रभु बैंकले पाथीभरा क्षेत्रका लागि प्रयोग हुने ३२ थान डस्बिन(फोहोर राख्ने भाँडा) पाथीभरा क्षेत्र विकास समितिलाई उपलब्ध गराएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत हिउँ र चिसोले नबिग्रिने प्रकृतिको डस्बिन उपलब्ध गराएको बैंकका शाखा प्रवन्धक दीपकराज गिरीले जानकारी दिनुभयो । प्रतिगोटा ६ हजार २ सय रुपैयाँ पर्ने डस्बिनको कूल मूल्य १ लाख ९८ हजार ४ सय रुपैयाँ रहेको बैंकले जनाएको छ ।

पाथीभराको काफ्लेपाटीमा पुगेर बैंकले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक प्रजिन हाङ्वाङलाई उक्त डस्बिन हस्तान्तरण गरिएको सो बैंकमा कार्यरत आक्रोस बरालले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts