|

मेयर कपमा सिदिङ्वा र फुङ्लिङको विजयी सुरुवात

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ३ । बिहीबारदेखि ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सुरु भएको चौथो मेयर कप पुरुष भलिबल प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाले विजयी सुरुवात गरेको छ । आयोजक फुङ्लिङ नगरपालिकाले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा सिदिङ्वाले मिक्वाखोला गाउँपालिकालाई ३–१ को सेटमा पराजित गरेको छ । सिदिङ्वाले २५–२२, २५–१९ र २५–१७ को सेटमा जित हासिल गर्दा मिक्वाखोलाले २८–२६ को एकमात्र सेट जितेको थियो । यस्तै बिहीबार नै भएको दोस्रो खेलमा फुङ्लिङ नगरपालिकाले मेरिङ्देन गाउँपालिकालाई ३–० को सोझो सेटमा हराएको छ ।
फुङ्लिङले मेरिङ्देनमाथि २५–१८, २५–१९ र २५–२० सेटमा जित दर्ता गरेको थियो । बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा फङ्लिङ नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो । यता मेयर कपको बिजेताले ट्रफीसहित दुई लाख ७५ हजार १०० रुपियाँ र उपविजेताले एक लाख ४० हजार १०० रुपियाँ राशीको नगद पुरस्कार पाउने छन् ।

Similar Posts