|

मैवाखोलाको फाकुम्बामा प्रहरीचौकी स्थापना

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको फाकुम्बामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाको शान्ति सुरक्षालाई दृष्टिगत गरी प्रहरीचौकी स्थापना गरिएको हो ।
गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङका अनुसार पालिकाको आर्थिक लगानीमा वडा ५ फाकुम्बामा निर्माण भएको एक सामुदायिक भवनमा प्रहरीचौकी स्थापना गरिएको हो । शुक्रबार स्थापना गरिएको अस्थायी प्रहरीचौकीको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्नुभएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू, गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बू, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनसहितको उपस्थितिमा चौकी स्थापना गरिएको हो । उक्त प्रहरीचौकीको वरिष्ठ प्रहरी हवल्दारको नेतृत्व रहेको बताइएको छ ।
यता प्रहरीचौकी स्थापनामा सहयोग गर्ने निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उहाँको सचिवालय र जिल्ला शान्ति सुरक्षा समितिप्रति गाउँपालिका अध्यक्ष वनेमले आभार व्यक्त गर्नुभएको छ । प्रहरीचौकी स्थापनाले गाउँपालिकाको दुर्गम क्षेत्रअन्तर्गत रहेको फाकुम्बाका बासिन्दालाई शान्ति सुरक्षामा राहत पुग्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts