| |

सान्थाक्राको सुलुम्फीमा सार्वजनिक शौचालय निर्माण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राको सुलुम्फीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक लगानीमा सुलुम्फीमा सार्वजनिक शौचालय निर्माण सम्पन्न गरिएको हो ।
मेरिङ्देन गाउँपालिकाले प्रयोगकर्ताको सुविधालाई दृष्टिगत गरी सुलुम्फीमा सार्वजनिक शौचालय निर्माण गरेको हो । भर्खरै निर्माण सम्पन्न भएको सार्वजनिक शौचालयको शुक्रबार गाउँपालिकाका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचङ्बाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साह लगायतको टोलीले अनुगमनसमेत गरेको छ ।
गाउँपालिकाले अनुगमनपछि सार्वजनिक शौचालयलाई सधैं सफा र स्वच्छ राख्नका लागि सरसफाई तथा रेखदेख गर्ने जिम्मेवारी स्थानीयलाई दिएको छ । शौचालयको सरसफाई पालैपालो गर्नेगरी स्थानीयका लागि समय तालिकासमेत निर्धारण गरेर जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ । सुलुम्फी गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको क्षेत्र भएकाले मानिसहरु उल्लेख्य केन्द्रित हुने हुँदा सार्वजनिक शौचालयले सुविधा पुग्ने विश्वास लिएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts