|

प्रधान सेनापति शर्माद्वारा पाथीभराको दर्शन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ४ । प्रधान सेनापति प्रभुराम शर्माले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्नुभएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार प्रधान सेनापति शर्माले शुक्रबार पाथीभराको दर्शन गर्नुभएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार प्रधान सेनापति शर्मा हेलिकप्टरमार्फत पाथीभराको दर्शन गर्न आउनुभएको हो । शर्माले पाथीभराको दर्शन गरी देवीको नाममा घण्टी पनि चढाउनुभएको हाङ्बाङले जानकारी दिनुभयो । उहाँले चढाउनुभएको घण्टी निकै ठूलो परिमाण तथा आकारको रहेको समितिले जनाएको छ ।
यता प्रधान सेनापति शर्मालाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले पाथीभराको तस्बिर अंकित मायाको चिनो प्रदान गर्नुभएको छ । पाथीभरा दर्शन गरी प्रधान सेनापति शुक्रबार नै फर्कनुभएको पनि समितिले जनाएको छ ।
समुद्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभराको दर्शनका लागि समय–समयमा देशका उच्च पदस्थ पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरु आउने गर्नुभएको छ । हेलिकप्टर र स्थलमार्ग हुँदै सवारी साधनमार्फत विशिष्ट व्यक्तित्वहरु आएर देवीको दर्शन गर्ने गर्नुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts