| |

ताप्लेजुङका व्यवसायीले आह्वान गरेको अनिश्चित बन्द फिर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २० । ताप्लेजुङका उद्योगी व्यवसायीले आह्वान गरेको अनिश्चित बजार तथा यातायात बन्द फिर्ता भएको छ । एकसाता अघि पक्राउ परेका फुङ्लिङ बजारका व्यवसायी भद्रबीर रेग्मी रिहाइ भएसँगै बन्दसहित आन्दोलनको कार्यक्रम फिर्ता गरिएको हो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघले केहीबेर अघि विज्ञप्ति प्रकाशित गर्दै बन्दसहित आन्दोलनका सम्पूण कार्यक्रम फिर्ता लिएको जनाएको छ । स्थानीय प्रशासन र उद्योग–व्यवसायीबीच भएको छलफलमा गिरफ्तार गरिएका रेग्मीलाई रिहाइ गर्ने सहमति भएपछि बन्द फिर्ता लिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
विज्ञप्तिमा रेग्मीको रिहाइका लागि दबाब सिर्जना गर्ने तथा आ–आफ्नो ठाउँबाट पहल गर्ने सर्बलाई धन्यवाद पनि ज्ञापन गरिएको छ । बाणिज्य संघ र नेपाल उद्योग तथा व्यवसायी महासंघ ताप्लेजुङले शुक्रबार आज दिउँसो मात्रै छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी रेग्मीको बिनाशर्त रिहाइको जोडदार माग राख्दै शनिबारदेखि फुङ्लिङ बजार र यातायात अनिश्चित बन्दको घोषणा गरेका थिए ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका सदस्य तथा अलैंँची व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहनुभएका रेग्मीलाई गत साताको बिहीबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts