| |

वाइसीएलको मिक्वाखोला गाउँपालिका अधिवेशन सम्पन्न

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १७ । योङ कम्युनिस्ट लीग (वाइसीएल) नेपालको मिक्वाखोला गाउँपालिका कमिटी चयन भएको सोमबार सम्पन्न प्रथम अधिवेशनले सुजन साँवा अध्यक्ष रहेको पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसीएलको मिक्वाखोला गाउँपालिका अधिवेशनले साँवाको अध्यक्षतामा ६३ सदस्यीय पालिका कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सेनिहाङ साँवा, धनकुमार थलङ, सचिवमा तिलप्रसाद लिबाङ, सह–सचिवमा सञ्जबीर साँवा, आशिष लिम्बू, हिमाल लिम्बू, रामबहादुर लिम्बू, इन्द्रहाङ लिम्बू, त्रिविक्रम साँवा र कोषाध्यक्षमा सपना तामाङ चयन हुनुभएको छ । वाइसीएलको अधिवेशनसँगै पालिका कमिटीको कार्यालयसमेत स्थापना गरिएको छ ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज सीता थेबे, संविधानसभा सदस्य सञ्चपाल मादेन, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य वाङदी शेर्पा र सुरज ओझा, जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ, वाइसीएलकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज होमकुमारी दियाली, जिल्ला अध्यक्ष कैलाश माबोलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको बताइएको छ । यता वाइसीएलको अधिवेशन कार्यक्रमकाबीच काँग्रेस, एमाले, रास्वपालगायत पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता माओवादीमा प्रवेश गरेका माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts