एपीएफको कञ्चनजंघा गुल्मद्धारा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्वन्धी अभिमुखीकरण सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ८ । लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरेको छ ।

गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकका अनुसार फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसका ३६ छात्रा र ६ छात्र गरी ४२ जना बिद्यार्थीको उपस्थितिमा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध सचेतनामुलक अभिमुखीकरण गरिएको हो ।

गुल्मपति पाठकले लागु औषध,यसको प्रयोगबाट हुने हानी,यसको दुरुपयोगले सामाजिक,स्वास्थ्य तथा मानसिक रुपमा पार्ने असर र लागु औषध दुरुपयोग रोक्न सचेत वर्गको भूमिका बारे जानकारी गराउनु भएको थियो ।

Similar Posts