सामान्य बिबादमा तानिएका दुबै पक्षबीच समझदारी भईसक्यो,अतिरञ्जित नगरौ’ः याङ्वरक गाउँपालिका

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज २५ । बिबादमा तानिएका दुबै पक्षबीच आपसी समझदारी कायम भई वातावरण सौहाद्र्ध भइसकेको बिषयलाई अनावश्यक प्रचारबाजी गरी घटना अतिरञ्जित गरिएको भन्दै पाँचथरको याङ्वरक गाउँपालिकाले दुःख प्रकट गरेको छ । पालिका अध्यक्ष भीमबहादुर योङ्या(सुवास) र उपाध्यक्ष बाबा मेन्याङ्वोले विज्ञप्ति प्रकाशित गरी दुईपक्षबीच भएको समामान्य बिबादलाई अतिरञ्जित गरी अनावश्यक प्रचारबाजी गरिएको भन्दै त्यसो नगर्न आग्रह गर्नु भएको छ । बिबादमा तानिएका दुईपक्षबीचसमझदारी कायम भईसकेको र वातावरण सौहाद्र्ध बनिसकेको भन्दै सत्यतथ्य नबुझी आवश्यकता भन्दा बढी प्रचारबाजी गरिएको पालिकाले बताएको छ । पालिकाले यस्ता गलत प्रचारबाजीले पालिकाको गरिमामा आँच आउनेतर्फ सम्बेदनशिल भईदिन पनि आग्रह गरेको छ । सो गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेको अभियोग छ । लिङदेनको कुटाईबाट सुवेदीको दाया आँखाको डिलमा चोट लागेका खबरहरु सार्वजनिक भएका थिए । प्रमुख प्रशासकीय अधिकृत लिङदेनले भने सामान्य बिबाद आवेशपूर्ण बनेको र सो क्रममा आफुले लगाएको औंठीले सुबेदीलाई लाग्दा सामान्य घाईते भएको स्वीकार गर्नुभयो ।‘त्यो नहुनु पथ्र्यो,दुर्भाग्य भयो,तर हामी दुबै पक्षले आ–आफ्ना कमीकमजोरी स्वीकार गरी आपसी समझदारी कायम गरेका छौं’लिङदेनले भन्नुभयो । उहाँले यसबाहेकका बाहिर प्रचारबाजी भएका सबै घटना कलोल्कल्पित र भ्रामक रहेको दावी गर्नुभयो ।‘आवेशप्रेरित भएको सो घटना फेरी दोहोरिन हुन्न भन्नेमा हामी बिश्वत छौं र त्यहिँ किसिमको समझदारी कायम गरी वातावरण सौहाद्र्ध बनाएका छौं’लिङदेनले भन्नुभयो । यसअघि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसकेका लिङदेन हक्की स्वभावका मानिनुहुन्छ । उहाँ प्रमुख प्रशासकीय अधिकृत रहेको याङ्वरक गाउँपालिकाआर्थिक बर्ष २०७८।०७९ मा कोशी प्रदेशमै सबैभन्दा कम बेरुजु भएको पालिकाको रुपमा उदय भएको थियो । कोशी प्रदेशभरीका सबैभन्दा कम (शुन्य बेरुजु) बेरुजु हुुने पालिकाको रुपमा उदय भएको सो पालिकाको बेरुजु मात्र १८ हजार रुपैयाँ रहेको थियो ।‘यसपटक पनि अघिल्लो आवको साख राख्नेगरी काम गरेका छौं,हेरौं नतिजा कस्तो आउँछ’लिङदेनले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts