| |

फोनिज ताप्लेजुङ शाखाद्वारा शैक्षिक सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ताप्लेजुङ शाखाले सुस्तश्रवण तथा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । फोनिज शाखाले फुङ्लिङ नगरपालिका–४ मा रहेको बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
फोनिजको २४ औं स्थापना दिवसको अवसरमा बिहीबार सुस्तश्रवण तथा फरक क्षमता भएको विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालमन्दिर आधारमूत विद्यालयमा गएर त्यहाँ अध्ययनरत २२ जना विद्यार्थीलाई कापी, कलमजस्ता शैक्षिक सामग्री वितरण गरिएको शाखा अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।
फोनिज केन्द्रीय लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), केन्द्रीय सदस्य लोकेश लिबाङ, नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम लगायतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको शाखाले जनाएको छ । शाखाका अनुसार प्रत्येक विद्यार्थीको हातमा पुग्नेगरी सो विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौड्याललाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको पनि शाखाका सचिव कृष्ण फुरुम्बो लिम्बूले जानकारी दिनुभयो ।
स्थापना दिवस साउन २७ गते भए पनि दुई÷तीन अघिदेखि नै सप्ताहव्यापी रुपमा स्थापना दिवस मनाउन थालेको फोनिजले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts