पहिरोबाट उच्च जोखिममा रहेका बस्तिको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली ताप्लेजुङको मैवाखोलामा,सिदिङ्वा पनि जाने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २४ । पहिरोबाट उच्च जोखिममा रहेका बस्तिको भौगर्भिक अध्ययन तथा स्थायी पुर्नवासको सम्भावित अवस्था समेत केलाउन विज्ञ सहितको टोली ताप्लेजुङको मैवाखोला गाउँपालिका आइपुगेको छ ।

उच्च जोखिममा रहेका बस्तिहरुको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली मैवाखोला आइपुगेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय बिपद् व्यवस्थापन तथा पुर्ननिर्माण प्राधिकरण अन्र्तगत रहेको राष्ट्रिय आवास तथा बस्ति उत्थानशिल मञ्चका भूर्गभबिद् र अन्य विज्ञहरुको टोली अध्ययनका लागि आएको छ । अध्यक्ष वनेमको नेतृत्वमा रहेको पालिकाका पदाधिकारी तथा प्रशासनिक टिमले विज्ञ टोलीलाई पालिकाको बिपद् उच्च जोखिम क्षेत्रको पछिल्लो अवस्था जानकारी गराएको छ । छलफल पछि विज्ञ टोली पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरुको स्थलगत अध्ययनमा जाने पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

पहिरोले मैवाखोला गाउँपालिकाको ओदक क्षेत्र सबभन्दा बढी जोखिममा रहेको पालिकाको निश्कर्ष छ । ओदक पछि ताम्राङ बस्ति जोखिममा रहेको पालिकाले बताएको छ । त्यहिँ निश्कर्षका आधारमा भूगर्भबिद् सहितको टोलीले ओदक र ताम्राङ क्षेत्रको स्थगलत अध्ययन गर्ने भएको छ । राष्ट्रिय आवास तथा बस्ति उत्थानशिल मञ्चका प्रदेश संयोजक एञ्जिला ताम्राकार,भूगर्भबिद् लेखप्रसाद भट्ट र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका भीमसेन नेपाल सहितको ५ जनाको टोलीले पहिरोको उच्च जोखिममा रहेका क्षेत्रको भौर्गभिक अध्ययन गर्ने भएको हो । बुधवारबाटै भौर्गभिक अध्ययनको काम थाल्ने भनिएपनि अत्यधिक बर्षाका कारण बिहीबारबाट यो टोली स्थगलत अध्ययनमा खटिने कार्यसूची रहेको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो

। भौगर्भिक अध्ययन तथा स्थायी पुर्नवासको सम्भावित अवस्था समेत बुझेर प्रतिबेदन समेत तयार पार्ने यो टोली ताप्लेजुङको सिदिङ्वा गाउँपालिका समेत जाने भएको छ । गत असार पहिलो साताबाट आएको पहिरोले सिदिङ्वा,मैवाखोला र सिरिजङ्गा गाउँपालिका अति प्रभावमा पारेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले मैवाखोला र सिदिङ्वा गाउँपालिकाको पहिरोबाट उच्च जोखिममा रहेका बस्तिको भौगर्भिक अध्ययन तथा स्थायी पुर्नवासको सम्भावित अवस्था अध्ययन गर्न भूर्गभबिद् सहितको विज्ञ टोली खटाईदिन सम्वन्धित निकायमा यसअघि नै अनुरोध गर्ने निर्णय गरिसकेको छ ।

सिदिङ्वाको मेहेले सहितका क्षेत्रका बस्तिहरु अहिले पनि उच्च जोखिममा रहेका छन् । मैवाखोलाको ओदक र ताम्राङका ६५ घर परिवार पहिरोको उच्च जोखिममा रहेको निश्कर्षका साथ गाउँपालिकाले निर्माणाधिन मदन भण्डारी रंगशालामा एकिकृत अस्थायी बस्ति निर्माण गरिरहेको छ । बस्ति निर्माणको कार्य अन्तिम चरणमा पुगेको समेत पालिकाले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts