चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १८ । पिएरे एमरिक ओबामेयाङको दुई गोल मद्दतमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । वेम्लीमा शनिवार भएको लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २–१ ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनु भएको थियो । तर अग्रता लामो समय टिकेन । २८औं मिनेटमा ओबामेयाङले आर्सनलका लागि बराबरी गोल फर्काउनुभयो । चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गर्नुभयो । पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो । ६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाउनुभयो । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो । आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जित्नु भएको छ । उहाँले सन २०१४ मा खेलाडीको रुपमा एफए कप जित्नु भएको थियो । आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो । म्यानचेष्टर युनाइटेडले १२ र चेल्सीले ८ पटक एफए कप जितेको छ

अरुलाई पनि शेयर गरौ !

Similar Posts