कांग्रेसमा सभापतिमा उठ्ने सिंहको घोषणा

अरुलाई पनि शेयर गरौ !

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतरपक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढ्नु भएको छ । उहाँलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजेपनि खुल्न सक्नु भएको छैन । इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो सम्पर्क कार्यालय खोलेरै गतिविधि अघि बढाइरहनु भएको छ । आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उहाँले निर्णय लिइसक्नु भएको छैन । सभापति देउवाको पार्टी सञ्चालनको तदर्थवाद शैली र विधानविपरीतका गतिविधिमा सिटौला र पौडेल पक्षबीच समानता छ । तर, नेतृत्व चयन गर्ने सवालमा एकै ठाउँमा उभिन सक्छन् या सक्दैनन् भन्ने प्रश्न खडा छ । संस्थापनइतर पक्षमा नेतृत्वका आकांक्षीहरु आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा देउवाबाट नेतृत्व फुत्काउन इतरसमूहबाट एउटै उम्मेदवार हुने दाबी गर्नु भएको छ । सिटौलासमेत आफ्नो पक्षमा आउने दाबी उहाँको थियो । त्यसो भनिरहँदा सभापति उम्मेदवारका आकांक्षीहरु महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सँगै रहनु भएको थियो । के पौडेलले भनेजस्तै संस्थापनइतर पक्षमा एउटै उम्मेदवार होलान् त ? यसको निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने धारणा राख्नुहुन्छ पूर्वमहामन्त्री सिंह । सिंह आफैं इतर समूहका सशक्त दाबेदारमा पर्नु हुन्छ । उहाँले आफ्नो दावा बलियो बनाउनका लागि तयारीसमेत तीव्र पार्नु भएको छ ।
कस्तो छ त सिंहको तयारी ?
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गर्नुअघि नै कांग्रेस नेता प्रकाशमान सिंहले ७७ जिल्लाकै भ्रमण सक्नु भएको छ । त्यसपछि सुरु भएको प्रतिकूल परिस्थितिमा पनि चाक्सीबारीस्थित उहाँको निवासमा चहलपहल यथावत् रह्यो । सामाजिक सञ्जालमा अभ्यस्त नभएपनि सिंहका लागि घर नै कार्यकर्तासँग भिज्ने र अन्तरक्रिया गर्ने मुख्य माध्यम पनि थियो । बिहान ११ बजे चाक्सीबारी पुग्दा उहाँ कार्यकर्तासँगै हुनुहुन्थ्यो । सिंह निवास ‘चाक्सीबारी’ लोकतान्त्रिक आन्दोलनको इतिहाससँग पनि जोडिएको छ । कांग्रेसका संस्थापक एवं ०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका धेरै सपना र योजना यही निवासमा तय भएका थिए । अहिले पनि नेता–कार्यकर्तामा गणेशमानको झझल्को उस्तै छ । त्यही झझल्को मेट्ने आदतले उहाँहरूलाई यहाँसम्म डो¥याउने गर्छ । सिंहले भन्नुभयो । ०४६ सालपछि आम कांग्रेसका लागि ब्रह्मा, विष्णु र महेश्वर भनेकै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला हुनुन्थ्यो । यिनै नेताको निवास कांग्रेस नेता–कार्यकर्ताको मुख्य धाम थियो । यी तीन धामको परिक्रमा गरेरै आफ्नो राजनीतिक भविष्य सुरक्षित बनाउने ऊबेलादेखिको परम्परा र आदतमा अहिले केही बदलाब आए पनि पूरै हटिसकेको छैन । बरु, तीन धाम विकेन्द्रित हुँदै धेरैवटा धाम बनेका छन् । तीमध्ये कांग्रेसको सिंगो इतिहास भिजेको चाक्सीबारीबाट गणेशमान पुत्र प्रकाशमानले एउटा ‘शक्ति केन्द्र’ भने चलाइरहनु भएको छ । स्रोत ः कान्तिपुर अनलाईन

अरुलाई पनि शेयर गरौ !

Similar Posts