ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल,एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भन्नुभयो, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’ उहाँले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिनुभयो । आफूले अरुसँग भेटघाट बन्द गरेको उहाँले बताउनुभयो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भन्नुभयो, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’

अरुलाई पनि शेयर गरौ !

Similar Posts