सिदिङ्वा गाउँपालिकाका पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।

बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले सिदिङवा गाउँपालिकाका कार्यालय प्रतिनिधि शिक्षा अधिकृत बिराज कट्टेललाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । बुढाथोकीका अनुसार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सिदिङ्वाका पहिरो पीडितलाई सहयोग गरेको हो । कट्टेलले प्राप्त भएको रकम सिदिङ्वा गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमार्फत बाढी तथा पहिरो पीडित परिवारमा पुग्ने जानकारी दिनुभयो । गत जेठ ३२ गते देखि सुरुभई असार ४ गते सम्म भएको अबिरल बर्षाका कारण सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहलेमा ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना बेपत्ता छन् । गाउँपालिकाका अनुसार यसपटकको बर्षा तथा पहिराले वडा नं १,२,३,६ र ७ बढी प्रभावित भएका छन् भने गाउँपालिकाका सबै वडाहरुमा बाढी र पहिरोको प्रभाव देखिएको छ । गाउँपालिकाले २७ घर परिवार बिस्थापित भएको,५२ घर परिवार उच्च जोखिम र ८८ घर परिवार उच्च जोखिममा रहेको बताएको छ ।

पालिकाका भरीका १ सय ७६ घरपरिवारमा बिपद्को कुनै न कुनै प्रभाव परेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । पालिकाले संकलन गरेको तथ्याङ्क अनुसार बाढी र पहिरोबाट ७ वटा भैंसी,८ वटा गाई,२ वटा गोरु,२ वटा भेडा,५३ वटा बाख्रा र १३ वटा बंगुर मरेका छन् । गाउँपालिकाले कार्यविधि बनाएरै बिपद्बाट मृत्यु भएका,घाईते तथा अंगभंग भएका,पूर्ण तथा आशिंक रुपमा घर क्षति भएका र पशुचौपायाको क्षति व्यहोरेका पीडित परिवारलाई राहत बितरण गर्न सुरु गरेको र मृतक तथा बेपत्ता परिवारका आफन्तलाई राहत रकम दिईसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts