ताप्लेजुङमा ब्रिटिस सिङ्गापुर भर्ती अभिमुखीकरण कार्यक्रम
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ८ । ब्रिटिस गोर्खा सेना र सिङ्गापुर प्रहरीमा भर्ना हुन चाहनेहरुका लागि आवश्यक प्रकृया,मापदण्ड र उम्मेदवारले ख्याल गर्नुपर्ने बिषयका बारेमा आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
लिटलबुद्ध आवासीय माविको व्यवस्थापन तथा ब्रिटिस सिङ्गापुर भर्ती अभिमुखीकरण कार्यक्रमको संयोजनमा यस्तो कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा क्याप्टेन बद्री राई,बेलबहादुर गुरुङ,उत्तम सुब्बा,देउमान इजम सहितले ब्रिटिस सिङ्गापुर भर्ती अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङखिम,पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम,प्याब्सन ताप्लेजुङका पूर्व अध्यक्ष तथा फुङलिङ नगर शिक्षा समितिका सदस्य इन्द्रकुमार गुरुङ,जिल्ला रेडक्रस सोसाईटीका सभापति इन्द्रबहादुर गुरुङ,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले अभिमुखीकरण कार्यक्रमको औचित्य र बिशेषता माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्याब्सनका सचिव तरुण भारती,शान्ति आधारभूत बिद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्की,डिलाइट इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल ख्यामनाथ बराल सहितको उपस्थिति रहेको थियो । लिटलबुद्ध आवासीय माविका प्रिन्सिपल युवराज गिरीले पढाईलाई निरन्तरता दिएर शैक्षिक उपाधि समेत हाँसिल गर्ने र अनुशासन र नागरिकको कर्तव्य पूरा गर्दै राष्ट्रसेवक तथा ब्रिटिस र सिङ्गापुर सहितका देशमा समेत सैनिक र प्रहरीको काम गर्ने अवसरका प्रकृया र मापदण्ड बिद्यार्थीमा प्रेषित गर्ने हिसावले कार्यक्रमको व्यवस्थापकको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो ।