ताप्लेजुङमा भएको स्कारपिओ दुर्घटनामा भतिजको मृत्यु,ठूलोबुवा घाईते

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ११ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चौक तर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ ।

मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक(डिएसपी)राजन लिम्बूका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव ४०–५० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा कृष्णका भाई सागरका छोरा अंशुमानको मृत्यु भएको र सवारी चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ ।

गाडीमा सवार दुबै जनालाई घटनास्थलबाट उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा ५ बर्षे बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts