| |

ताप्लेजुङमा धान खेति गर्ने क्षेत्र बर्षेनि खुम्चदा उत्पादन तथा उत्पादकत्वमा भने सामान्य बृद्धि

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङमा धान रोपाँईको क्षेत्र बर्षेनि खुम्चदै जाँदा उत्पादनमा भने सामान्य बृद्धि देखिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार बर्खे र चैते दुबै प्रकारको धान रोप्ने क्षेत्र बर्षेनि खुम्चदै आएको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाका अनुसार आर्थिक बर्ष २०७८।७९ मा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाँई गरिएकोमा २१ हजार ४ सय ९३ मेट्रिकटन धान उत्पादन भएको छ । उत्पादकत्व प्रति हेक्टर २.४६ रहेको समेत थापाले जानकारी दिनुभया । आव २०७९।८० मा ८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाँई गरिएकोमा सो उत्पादकत्व प्रति हेक्टर २.४७ रहँदै कूल २१ हजार ५ सय २० मेट्रिकटन धान उत्पादन भएको समेत थापाले जानकारी दिनुभयो ।

यस्तै आव २०७८।७९ मा ३७ हेक्टरमा चैते धान रोपिएकोमा उत्पादकत्व प्रति हेक्टर ४ रहँदै कूल १ सय ४८ मेट्रिकटन धान उत्पादन भएको देखिएको छ । आव २०७९।८० मा भने चैते धान लगाईएको क्षेत्र अघिल्लो आवबाट घटेर ३३ हेक्टरमा आईपुग्दा उत्पादकत्वमा ४ बाट बृद्धि भई ४.१५ प्रतिहेक्टर पुुग्दा उत्पादन भने १ सय ३३ मेट्रिकटन भएको समेत थापाले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी बिनय मर्हजनका अनुसार चालू आव २०८०।८१ मा भएको बर्खे धान उत्पादनको तथ्याङ्क संकलन भइरहेको छ ।

पालिका स्तरीय कृषि शाखाहरुमार्फत संकलन कार्य जारी रहेको मर्हजनले बताउनुभयो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख थापाले पछिल्लो समय धान खेतिको ठाउँमा फलफुल बालीतर्फ सबैभन्दा बढी किवी र त्यसपछि सन्तोला तथा कागति खेति गर्न थालिएको छ । सुरुका बर्षहरुमा धान खेति मासेर अलैंची खेति गर्ने गरिएकोमा पछिल्लो समय अलैंची भन्दा बढी किवी खेतितर्फ किसान आर्कषित देखिएको थापाले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts