प्रदेश पुनःनामाङ्कन संघर्ष समितिले भन्यो ‘लेटरप्याड र छाप सहितमा प्रदेशको नयाँ नाम उल्लेख नगर्दिनुहोस्’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २८ । प्रदेश नामाङ्कन बिरुद्ध संघर्षरत ताप्लेजुङका राजनीतिक दल तथा संस्थाहरुले‘कोशी प्रदेश’उल्लेख भएको लेटरप्याड,छाप,ब्यानर तथा बोर्ड प्रयोग नगर्न पुनःचेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,राष्ट्रिय जनमुक्ति पार्टी,लिम्बूवान क्रान्तिकारी पार्टी,लिम्बूवान मोर्चा,बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी तथा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा सहितका राजनीतिक दल तथा भातृ संस्था एवम् पहिचानका आधारमा नामाङ्कनको माग गर्ने अन्य संघसंस्थाहरुले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतवानी दिएका हुन् । पहिचानका आधारमा प्रदेश पुनःनामाकरण हुनुपर्ने माग गर्दै आएका संघसंस्थाहरुले संघर्ष समितिको आग्रहलाई सम्मान गर्दै ‘पहिचान बिरोधी’ प्रदेशको नाम लेटरप्याड,छाप,ब्यानर तथा बोर्डमा उल्लेख नगर्न भनेका हुन् ।

‘हाम्रो मागको उचित सम्बोधन नभए सम्म कुनैपनि निकायले नाम लेटरप्याड,छाप,ब्यानर तथा बोर्डमा पहिचान बिपरितको घोषित नाम लेख्नुहुने छैन भन्ने हामीलाई बिश्वास छ’संघर्ष समितिका एक अगुवा तथा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले भन्नुभयो । संघर्ष समितिका आवद्ध घटकहरुले संघर्ष समितिको आग्रहलाई वेबास्ता गरी अघि नबढ्न समेत भनेका छन् ।

मंगलवार राजनीतिक दल तथा भातृ संगठन बाहेक नेपाल आदिवासी जनजाति महासंघ,किराँत याक्थुङ चुम्लुङ,नेवा द्य दवू,नेपाल तामाङ घेदुङ संघ,तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्,सुनुवार सेवा समाज,किराँत राई यायोख्या र खसजाति एकता समाजका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बहुपहिचानलाई नामेट पार्नेगरी प्रदेशको नामाङ्कन भएको भन्दै पूर्वी नेपालमा लामो समय देखि प्रदेश पुनःनामाङ्कनको माग गर्दै संघर्ष भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts