उद्योग दिवसमा ताप्लेजुङका पाँच उद्यमी पुरस्कृत हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ७ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले मंसिर ९ गते मनाईने १२ औं उद्योग दिवसमा पाँच उत्कृष्ट उद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।
प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङका अनुसार फुङलिङ नगरपालिकाका चार र पाथीभरा याङवरक गाउँपालिकाका एक उद्यमीलाई पुरस्कृत गर्न लागिएको हो । सुहाङका अनुसार पुरस्कृत हुनेमा पाथीभरा याङवरक गाउँपालिका वडा नं ४ स्थित रुम्दाली कृषि तथा पशुपन्छी फर्मका प्रोपाईटर चन्द्रकला राई,फुङलिङ–३ स्थित शुष्मा बहुउद्देश्यीय पशुपालन फर्मका प्रोपाईटर सीता भट्टराई,चन्द फाईवर उद्योग फुङलिङका प्रोपाईटर माया गुरुङ रहनु भएको छ ।
उद्योग दिवसमा मनिषा बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म फुङलिङ–३ का मेदनीप्रसाद न्यौपाने र दाहाल कृषि अलैंची फर्म फुङलिङ वडा नं ६ का प्रोपाईटर लिलादेवी दाहाललाई पुरस्कृत गर्न लागिएको प्रमुख उद्योग अधिकृत सुहाङले जानकारी दिनुभयो ।