ताप्लेजुङमा सञ्चालित आँखा स्वास्थ्य शिविर,१ सय ७७ को आँखाको शल्यकृया,साढे ११ सयको परीक्षण
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ७ । ताप्लेजुङमा सञ्चालित शल्यकृयासहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा १ सय ७७ जनाको आँखाको शल्कृया भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मुख्य आयोजक भई सञ्चालित शिविरमा १ हजार १ सय ५१ जनाले आँखाको परीक्षण गराएका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति तथा शिविर प्रचारप्रसार समिति संयोजक खगेन्द्र अधिकारीका अनुसार सोमवार ३६ जनाको आँखाको शल्यकृया गरिएको छ । आइतवार ८० जना र शनिवार ६१ जनाको आँखाको शल्यकृया गरिएको थियो । शिविरमार्फत ५ सय ८९ जना पुरुष र ५ सय ६२ जना महिलाले आँखाको परीक्षण गराउँदा १ सय ७७ जनाको आँखाको शल्यकृया गर्नुपरेको नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले जानकारी दिनुभयो ।
शल्कृया गरिएकामध्ये १ सय ७६ जनाको मोतियाबिन्दुको र १ जनाको साधारण शल्यकृया गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । तिलगंगा आँखा अस्पतालका निर्देशक विश्व बिख्यात नेत्ररोग विशेषज्ञ प्रा.डा.सन्दुक रुईत,उहाँका छोरा डाक्टर सागर र अमेरिकन नेत्र रोग विशेषज्ञ डाक्टर जेएफले आँखाको शल्यकृया गर्नु भएको थियो । सोमवार आँखाको शल्यकृया गरेका बिरामीको मंगलवार पट्टी खोल्ने कार्य पूरा भएसंगै शनिवारबाट सञ्चालित शिविर सकिने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । चारदिने शिविर नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,तिलगंगा आँखा प्रतिष्ठान,रुईत फाउण्डेसन,फुङलिङ नगरपालिका र लाइन्स क्लव अफ काठमाडौं,हाम्रो रुपान्तरणको सहकार्य र समन्वयमा सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीले जानकारी दिनुभयो ।