कोलबोटेकाली वन समूह अध्यक्षमा लिम्बू चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालका–४ चाँगेस्थित कोलबोटेकाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा लाखध्वोज लिम्बू चयन हुनु भएको छ । बिहीबार सम्पन्न समूहको सातौं साधारणसभाले लिम्बू अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समूहको कार्यसमिति उपाध्यक्षमा मनमाया लिम्बू, सचिवमा सिर्जना कार्कीढोली र कोषाध्यक्षमा दीपेन्द्र श्रेङ चयन हुनुभएको छ । साधारणसभाले यसअघिको कार्यसमितिले गरेको काम समीक्षा साथै आगामी योजनाबारे छलफलसमेत गरेको समूहले जनाएको छ । साधारणसभा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष अर्जुन आङ्बुहाङ, सव डिभिजन वन कार्यालय दोभानका वनरक्षक नैना रोकाया, रतनबिर नेपाली लगायतको उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।