सामुदायिक बिद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने दुई बिद्यार्थीलाई फुङलिङले दियो एक–एकथान ल्यापटप
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १७ । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा नगर क्षेत्रका सामुदायिक बिद्यालय उत्कृष्ट अंक ल्याउने का एक छात्र र एक छात्रालाई फुङलिङ नगरपालिकाले एक–एकथान ल्यापटपसहित सम्मान गरेको छ ।
फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार सम्मानित हुनेमा बासुसं मावि मेदिवुङका गस्तिहाङ पालुङ्वा र भानु माविकी निश्मा गुरुङ रहनु भएको छ । नगरपालिकाले एसईई परीक्षामा सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई एक–एकथान ल्यापटपसहित पुरस्कृत गर्नेगरी चालु आर्थिक बर्षको नीति र कार्यक्रममार्फत बजेटको प्रवन्ध गरेको थियो ।
नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा,प्रमुख प्रशासकीय अधिकृत पनेरु,वडाध्यक्षहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा पालुङ्वा र गुरुङलाई ल्यापटप र प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।