मंगलवार एकैदिन पाथीभरामा १०,६१६ दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १७ । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा मंगलवार यो बर्षकै सबैभभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मंगलवार १० हजार ६ सय १६ जनाले मन्दिरको दर्शन गरेका छन् । एकैदिन साढे १० हजार बढीले मन्दिरको दर्शन गरेको बर्षकै बढी संख्या रहेको क्षेत्र विकास समितिले जनाएको छ । मौसम खुल्ला भएको,पारिलो घाम लागेको र यातायात समेत सहज भएका कारण विगत केहिदिन यता पाथीभरामा दर्शनार्थीको घुइँचो लागिरहेको छ ।

यसअघि गत कात्तिक ७ गते एकैदिन ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । उक्त रेकर्डलाई मंगलवारको दर्शनार्थीको संख्याले तोडेको छ ।

Similar Posts