ताप्लेजुङ प्रशासन कार्यालयद्धारा जिल्ला भित्रका सडकको भाडादर निर्धारण गरी कार्यान्वयनका लागि सिफारिस

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्ला भित्र रहेका पक्की तथा कच्ची सडकमा सञ्चालन हुने बस,मिनीबस,हाइस,जीप र सुमोका लागि भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन कोशी प्रदेश सरकार समक्ष सिफारिस गरेको छ । निर्धारण भई कोशी प्रदेश सरकार समक्ष सिफारिस भएको भाडादर बढी भएको भन्दै भाडादर सम्वन्धी निर्णयको आलोचना भने हुन थालेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो । निर्धारण भएको भाडादर अनुसार फुङलिङदेखि सिरिजङ्गाको तेल्लोकसम्मको भाडादर १ हजार २ सय,पेदाङ याङपाङसम्मको १ हजार ४ सय,सिनाम स्कुल डाँडा र खाम्दिनेसम्मको समान १ हजार,सिकैचा वडा कार्यालयसम्मको ८ सय,पेदाङ राष्ट्रिय माविसम्मको १ हजार २ सय,मामाङ्खे र खेवाङसम्मको समान १ हजार ५ सय र याम्फुदिनसम्मको २ हजार रुपैयाँ तोकिएको छ । पाथीभरा याङवरक अन्तरगत नाङखोल्याङसम्मको २ सय ५०,थेचम्बु र तिरिङ्गेसम्मको समान ४ सय ५०,डुम्रिसे र थुम्बेदिनको समान ८ सय ५० तथा चाक्सिबोटेसम्मको ७ सय ५० रुपैयाँ भाडादर तोकिएको छ ।

सिदिङ्वा कालिखोला मिचिङसम्मको १ हजार ७ सय,सादेवासम्मको १ हजार १ सय,आङखोप र लिम्बूदिनसम्मको समान ८ सय,साब्लाखुको ७ सय,मेहेलेको १ हजार र सुरुम्खिमसम्मको १ हजार ३ सय रुपैयाँ भाडादर तोकिएको छ । फुङलिङदेखि आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङपाङ तथा वडा नं २ फुलवारीसम्मको समान ६ सय,निघुरादिनको ८ सय,चाँगे वडा नं ४ छातेढुङ्गासम्मको ७ सय र चाँगे वडा नं ५ सम्मको ५ सय रुपैयाँ भाडादर तोकिएको छ । मिक्वाखोलाको साँवासम्मको ९ सय,खोक्लिङ डाँडागाउँसम्मको ५ सय,लिवाङसम्मको ७ सय,पापुङसम्मको १ हजार २ सय र पापुङ सिम्बुकसम्मको १ हजार ३ सय रुपैयाँ भाडादर तोकिएको प्रशासन कार्यालयले जनाएको छ । फुङलिङदेखि काफ्लेपाटीसम्मको ४ सय ५०,फावाखोलासम्मको ६ सय,दोभान र हान्द्रुङसम्मको समान २ सय ५०,फुरुम्बु मयामसम्मको ४ सय र मित्लुङसम्मको ३ सय रुपैयाँ भाडादर तोकिएको छ ।

फुङलिङबाट फक्ताङलुङको सिँवासम्मको ४ सय ५०,खेजेनिमसम्मको ७ सय,सावादिनसम्मको ६ सय,इखाबुको १ हजार,तापेथोकसम्मको ९ सय,लेलेपसम्मको १ हजार २ सय,इलाडाँडासम्मको १ हजार ५ सय र तावासम्मको ७ सय रुपैयाँ भाडादर तोकिएको छ । मेरिङदेनको सान्थाक्रासम्मको ६ सय,लिङतेपसम्मको ७ सय,थुकिमा सक्रान्ते र नाल्बुसम्मको समान ९ सय,थिङ्लाबु ओख्राबुसम्मको ७ सय,नाल्बु चाँगासम्मको १ हजार २ सय र पान्दोलुङसम्मको १ हजार रुपैयाँ भाडादर निर्धारण भएको छ । मैवाखोलाको तेल्लाबुङसम्मको ६ सय,ठोट्ने र लेकुवासम्मको ७ सय,साँघु र फाकुम्बाको पार्टीडाँडासम्मको समान ८ सय तथा ताम्राङ र फाकुम्बा साङ्लुप्पासम्मको समान ९ सय रुपैयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकले अटो र तीनचक्के सवारी साधनको भाडादर सहित सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्वन्धित स्थानीय तहले गर्ने निर्णय समेत गरेको छ भने भाडादर निर्धारण भएका सडकमा यातायात सञ्चालन प्रयोजनार्थ उक्त सडकलाई अस्थायी बाटो कायम गर्न कोशी प्रदेश यातायात समिति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । भाडादर निर्धारण सम्वन्धी निर्णयमा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले भने आपत्ति जनाउनु भएको छ । आफुहरुले यसअघि सम्वन्धित सरोकारवालाको बैठकबाट पालिका क्षेत्रको भाडादर वैज्ञानिक हिसावले निर्धारण गरिसकेको भन्दै सो भन्दा बढी हुनेगरी भाडादर निर्धारण गरेको भन्दै उहाँले आलोचना गर्नु भएको हो । भाडादर सम्वन्धीको सिफारिसका अन्य कतिपयले भाडादर बढी भएको भन्दै निर्णयको आलोचना गरेका छन् ।

मैवाखोलाले गत असोज २० गते स्थानीय सरोकारवालाको उपस्थितिमा पालिकाका विभिन्न क्षेत्रबाट धरान तथा फुङलिङसम्मको भाडादर निर्धारण गरेको थियो । निर्धारित भाडादर अनुसार साँघुबाट फुङलिङसम्मको ७ सय ५०,वडा नं २ देखि फुङलिङसम्मको ६ सय ५०,वडा नं १ देखि फुङलिङसम्मको ५ सय ५०,ताम्राङदेखि फुङलिङसम्मको ८ सय ५० र वडा नं ५ वडा कार्यालय देखि फुङलिङसम्मको ७ सय ५० रुपैयाँ तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी दाहालले भने एकाध क्षेत्रमा नामका बिषयले केहि तलमाथि परेपनि सर्वपक्षिय छलफल र सडकको अवस्था तथा दूरी समेतलाई आधार मानेर भाडादर निर्धारण गरिएको जानकारी दिनु भएको छ ।

Similar Posts