पाथीभरा क्षेत्रमा अब तीर्थयात्री सहजकर्ता १८ बर्ष पूरा गरी ५५ बर्ष उमेर भित्रको हुने,मागियो तीनपुस्ते विवरण
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २० । पाथीभरा क्षेत्रमा तीर्थयात्री सहजकर्ता(भरिया)अब १८ बर्ष पूरा भई ५५ बर्ष उमेर समूहका मात्र हुने भएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले १८ बर्ष पूरा भई ५५ बर्ष ननाघेका इच्छुक तीर्थयात्री सहजकर्ताहरुलाई तीन पुस्ते विवरण सहित आफ्नो सक्कल नागरिकता र पासपोर्ट साइजको फोटो सहित आबेदन फाराम भर्न आवह्वान गरेको छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार इच्छुक योग्यता उमेर समूहका व्यक्तिहरुले बैशाख २४ गते बिहीबार भित्र आवश्यक कागजात सहित क्षेत्र विकास समितिको फेदीस्थित कार्यालयमा आबेदन गरिसक्नुपर्ने छ ।
क्षेत्र विकास समितिका अनुसार यसअघि तीर्थयात्री सहजकर्ताहरुले काफ्लेपाटी–फेदीस्थित होटल व्यवसायी संघमार्फत परिचयपत्र लिई जिम्मेवारी निर्वाह गर्दै आएका थिए । अब भने क्षेत्र विकास समितिले उमेर समूह खुलाई तीर्थयात्री सहजकर्ताको तीनपुस्ते विवरण समेत अद्यावधिक गर्न लागेको जनाएको छ ।