चिनावुङ क्षेत्रको मोटरबाटो भदौ २ गतेसम्म बन्द हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङस्थित क्षेत्रको मोटरबाटो भदौ २ गतेसम्म अबरुद्ध हुने भएको छ ।
स्तरोन्नती गर्ने क्रममा सोलिङ हुँदै आएको उक्त क्षेत्रमा सोलिङको काम पूरा नभएपछि फेरि भदौ २ गतेसम्म अबरुद्ध हुने मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले जानकारी दिनुभयो । यसअघि यही साउन २५ देखि २७ गतेसम्म सोलिङ गर्ने भन्दै मोटरबाटो अबरुद्ध भएको थियो । सोलिङ गर्ने कार्य बाँकी रहेको र त्यसलाई निरन्तरता दिएर पूरा गर्नुपर्ने भएकोले फेरि ४ दिनका लागि उक्त क्षेत्रको मोटरबाटो बन्द गरिएको मिक्वाखोला गाउँपालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतमले भदौ २ गतेसम्म चिनावुङ क्षेत्र हुँदै थलङ,साँवा आवत–जावत गर्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नु भएको छ । पालिकाले निर्माण कार्यको क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाई निर्माणस्थलमा अनावश्यक आवत–जावत नगरिदिन आग्रह गरेको छ ।