काँग्रेस ताप्लेजुङमा क्षेत्रीय सभापतिका आकाँक्षी बढ्दै

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ११ । सोमवार हुने नेपाली काँग्रेसको क्षेत्रीय अधिबेशनमा सभापतिका आकाँक्षीको संख्या बढ्दै गएको छ ।

दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यो समाचार तयार पार्दासम्म प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा ४ जना र निर्वाचन क्षेत्र नं १(ख)मा २ जना आकाँक्षी देखिनु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क)मा गणेश खिम्दिङ,लालकृष्ण चौहान,पृथ्वी पालुङ्वा र केवल मादेन आकाँक्षी देखिनु भएको छ ।

निर्वाचन क्षेत्र नं १(ख)मा उदय आङवुहाङ र मात्रिकाप्रसाद शेर्पाको नाम चर्चामा रहेको छ । सम्वन्धित निर्वाचन क्षेत्रका वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिमार्फत प्रदेशसभा निर्वाचन क्षेत्रका सभापतिसहितका पदाधिकारी तथा सदस्य चयन हुनेछन् ।

Similar Posts