सिदिङ्वाले एमबिबिएस अध्ययनरत लाई छात्रबृत्ति दिने

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस अध्ययनरत पालिकाका बिद्यार्थीलाई छात्रबृत्ति प्राप्तिका लागि आबेदन दिन आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार चालु आर्थिक बर्ष २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी हाल एमबिबिएस अध्ययनरत बिद्यार्थीले छात्रबृत्तिका लागि आबेदन दिन सक्नेछन् । सम्वन्धित बिद्यार्थीले असोज १० गते भित्रमा आवश्यक कागजातसहित निबेदन दिईक्नुपर्ने पालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सिवाका अनुसार आबेदकले आबेदनका साथ नागरिकताको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिसपत्र,बैंकको चेकको प्रतिलिपि र अध्ययरत सम्वन्धित शिक्षण संस्थाको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने हुन्छ । पालिकाले सिदिङ्वा गाउँपालिकाको छात्रबृत्ति ऐन बमोजिम छात्रबृत्ति बितरण गरिने जनाएको छ ।

Similar Posts