एमबिबिएसपछि विज्ञान बिषय अध्ययनरत बिद्यार्थीलाई छात्रबृत्ति दिदैं पाथीभरा याङवरक,मागियो आबेदन

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान बिषय लिई अध्ययनरत पालिकाका बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने भएको छ ।

पालिकाका शिक्षा अधिकृत(सातौं)ठाकुर प्रधानका अनुसार पालिकाको चालु आर्थिक बर्षको कार्यक्रम नीति,कार्यक्रम र बजेट अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी कक्षा ११ र १२ मा विज्ञान बिषय लिई अध्ययरत बिद्यार्थीले छात्रबृत्ति प्राप्तिका लागि आबेदन दिन सक्नेछन् । छात्रबृत्ति प्राप्त गर्न इच्छुक बिद्यार्थीले असोज १३ गतेसम्ममा पालिकाका आबेदन दिईसक्नुपर्ने समेत प्रधानले जानकारी दिनुभयो ।

छात्रबृत्ति प्राप्त गर्नका लागि बिद्यार्थीले आबेदनका साथ नागरिकता वा जन्मदर्ताको प्रतिलिपि,बैंक खाताको चेकको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिसपत्र र अध्ययरत रहेको सम्वन्धित शिक्षण संस्थाको सिफारिस पत्र समेत संलग्न राख्नुपर्ने पालिकाले बताएको छ ।

पाथीभरा याङवरकले केहिदिन अघि पालिकाका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी हाल मात्र एमबिबिएस अध्ययन गर्दै आएका पालिकाका बिद्यार्थीलाई छात्रबृत्ति दिनेगरी आबेदनका लागि आवह्वान गरिसकेको छ ।

Similar Posts