भदौ ६ गते ताप्लेजुङमा साहित्यिक पदयात्रा हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३ । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले भदौ ६ गते ताप्लेजुङको फुङलिङदेखि सुकेटारसम्मको पदयात्राका साथ प्रथम साधारणसभा गर्ने भएको छ ।

सद्भाव,एकता तथा विश्व शान्तिको कामना गर्दै प्रतिष्ठानले पदयात्रा पछि सुकेटारमै प्रथम साधारणसभामार्फत नयाँ नेतृत्व समेत चयन गर्ने प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । उक्तदिन सृजना वाचन सहितकोक कार्यक्रम हुने हेल्लोकले जानकारी दिनुभयो ।

Similar Posts