|

शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउनेः प्रनाउ बजगाइँ

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २९ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाइँले शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने बताउनुभएको छ । जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारीमा आउनुभएका प्रनाउ बजगाइँले शान्ति सुरक्षा व्यवस्थापनमा अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको हो ।
शुक्रबार बिहान स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै प्रनाउ बजगाइँले शान्ति सुरक्षालाई मजबुत बनाउन आफूले प्रयास गर्ने बताउनुभयो । सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यमा सुरक्षा निकायप्रतिको जिम्मेवारी र कर्तव्य बहन गर्नमा कमी हुन नदिने उहाँले बताउनुभयो ।
जिल्लामा शान्ति सुरक्षालाई असर पु¥याउनेगरी लागुऔषध, मादक पदार्थ सेवन लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा आफ्नो सक्रियता निरन्तर रहने उहाँले बताउनुभयो । यस्तै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
समग्र जिल्लाको सुरक्षा अवस्थालाई दृष्टिगत गरी आवश्यक सुरक्षा रणनीति बनाएर प्रहरी जनशक्ति परिचालन गर्ने पनि उहाँको भनाइ छ । सर्वसाधारण नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न पाउने गरी प्रहरीको जिम्मेवारीलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । मजबुत शान्ति सुरक्षा व्यवस्थापनका लागि सहयोग गर्न उहाँले जिल्लावासीलाई आग्रहसमेत गर्नुभएको छ ।
ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश जोशी शान्ति मिसनमा सुडान जानुपर्ने भएपछि प्रनाउ बजगाइँ जिल्लाको प्रहरी नेतृत्व सम्हाल्न आउनुभएको हो । उहाँले बिहीबारदेखि नै जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारी बहन गर्न सुरु गर्नुभएको छ ।

Similar Posts