श्रम संस्कृति पार्टीको मेरिङ्देन पालिका कमिटी गठन
-उज्यालो पोट
ताप्लेजुङ, पुस २४ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पालिका कमिटी चयन गरिएको छ । बिहीबार भएको भेलाले मोती नाल्बो लिम्बू अध्यक्ष रहेको २५ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।
मेरिङ्देन पालिका कमिटीको उपाध्यक्षमा दोर्ची शेर्पा, सहउपाध्यक्षमा देउमान लिम्बू, सचिव प्रकाश यक्सो लिम्बू, सहसचिवमा विशाल नाल्बो लिम्बू र राजेश यक्सो लिम्बू चयन हुनुभएको छ । त्यस्तै भेलाले कोषाध्यक्ष रोशन ओख्राबु लिम्बू र सहकोषाध्यक्षमा सञ्जु योङ्हाङ लिम्बू चयन गरेको छ ।
श्रम संस्कृति पार्टीका जिल्ला कार्यसमिति अध्यक्ष निमतेन्जी शेर्पाको उपस्थितिमा सम्पन्न पालिकास्तरीय भेलाले कमिटी चयन गरेको हो । जिल्लामा संगठन विस्तारसँगै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको गतिविधि सँग–सँगै गरिरहेको सो पार्टीले जनाएको छ ।