चैत महिनामा पाथीभरामा पुगे ४८ हजार बढी दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३० । चैत महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ४८ हजार १५५ जना दर्शनार्थीले मन्दिर दर्शनका लागि पुगेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैत महिनाको अन्तिम दिन २ हजार ५८३ जनाले मन्दिरको दर्शन गरेका छन् । चैत २९ गते १ हजार ६५९ जनाले मन्दिरको दर्शन गरेका थिए । चैत २८ गते शनिवार एकैदिन यो बर्षकै सबैभन्दा बढी ७ हजार २२ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि पुगेका थिए ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरा मन्दिरमा आउने तीर्थालुको संख्या र उक्त महिनामा पाथीभरा मन्दिरमा संकलन भएकोमध्ये गणना भएको भेटी विवरण सार्वजनिक गर्दै आइरहेको छ ।

Similar Posts