मेरिङदेनमा बृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन अभिमुखीकरण कार्यक्रम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २५ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन अभिमुखीकरण कार्यक्रम आइतवारबाट सुरु भएको छ ।
पालिका अध्यक्ष युकहाँवीर हाङगाम(डम्बर)को प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङ,निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादव,वडा नं ३ का वडाध्यक्ष गजिन्द्रकुमार नाल्वो,वडा नं ४ का वडाध्यक्ष बेदप्रसाद हाङगाम,वडा नं ५ का वडाध्यक्ष जसमान केदेम सहितको उपस्थिति रहेको छ ।
कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयको ४० लाख,मेरिङदेन गाउँपालिकाको २० लाख र दायित्व संस्थाको प्रशासनिक खर्च १५ लाख रुपैयाँको लागत साझेदारीमा सञ्चालन हुने बृद्धिमुखी उद्यमशिलता तथा रोजगारी प्रर्वद्धन कार्यक्रम सञ्चालन समितिलाई दुईदिने अभिमुखीकरण सुरु गरिएको पालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनुभयो ।