५ दिने उद्घोषण सम्वन्धी तालिम फुरुम्बुमा सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ फागुन १९ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा सोमवारबाट ५ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम सुरु भएको छ ।

वडाको चालु आव २०८१ । ८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला लक्षित उक्त कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो । वडा सचिव सचिन रेग्मीका अनुसार तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । तालिमको जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले उद्घाटन गर्नु भएको छ ।

तालिम उद्घाटन समारोहमा फुङलिङ नगर कार्यपालिका सदस्य कमला खत्री र वडा सदस्य प्रेमबहादुर लिम्बू सहितको उपस्थिति थियो । तालिमको सहजीकरण पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले गर्नुहुने वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । तालिम फागुन २३ गते सकिने छ ।

Similar Posts