सिरिजङ्गा गोल्डकप आजबाट सुरु हुँदै,उद्घाटन खेलमा आयोजकको भिडन्त रेडहर्ष इलामसंग
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २३ । आज(मंगलवार)बाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सुरु हुँदैछ ।
पालिका अध्यक्ष लालकृष्ण चौहानले उद्घाटन गर्ने गोल्डकपको पहिलो दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लबका बिरुद्ध इलामको रेडहर्ष फुटबल क्लव भिड्ने आयोजक क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनु भएको छ । प्रतियोगितामा भारत सिलगुढीको पारिजात संघ फुटबल क्लवसहित ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५० हजार ३ सय २१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । किराँत लिम्बू लिपिका प्रचारक,सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिएको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।