काँग्रेसको बिशेष महाधिबेशनबाट बोखिम पनि केन्द्रीय सदस्य

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १ । नेपाली काँग्रेसको दोस्रो बिशेष महाधिबेशनबाट बिगठित प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिम पनि केन्द्रीय सदस्य चयन हुनु भएको छ ।

बोखिम नेपाली काँग्रेस ताप्लेजुङका पूर्व सभापति समेत हुनुहुन्छ । २०७० सालको संबिधानसभाको निर्वाचनमा ताप्लेजुङको निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार भूपेन्द्र थेबेसंग थोरै मतान्तरले पराजित हुनु भएका बोखिम २०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं १(क)मा एमाले उम्मेदवार बलबहादुर साम्सोहाङसंग पराजित हुनु भएको थियो ।

बोखिम २०७९ सालमा काँग्रेसबाट समानुपातिक सांसदको रुपमा प्रतिनिधिसभा प्रवेश गर्नु भएको थियो ।

Similar Posts