आठराई त्रिबेणीलाई मंसिर १५ सम्ममा फुसको छानो बिस्थापन भएको पालिका घोषणा गर्ने तयारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका यहीबर्षको मंसिर १५ सम्ममा पालिकालाई पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्नेगरी तयारी अघि बढाएको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार फुसको छानो बिस्थापन गर्न बाँकी रहेका वडाका घरधुरीका लागि पालिकामा टिन(जस्तापाता)आईसकेको जानकारी दिँदै दशैं मनाउँदै गर्दा आफ्नो घरमा टिन लगाउने तयारी गर्न लाभग्राहीलाई आग्रह गर्नु भएको छ ।‘दशैंको खुसीसंगै सुरक्षित र व्यवस्थित घरतर्फको अर्को खुड्किलो पनि पूरा गर्नेगरी तयारी गर्नुहोला’पालिका अध्यक्ष पोमूले लाभग्राहीलाई अनुरोध गर्दै भन्नु भएको छ । पोमूका अनुसार वडा नं ४ चाँगे(माथिल्लो) र वडा नं ५ चाँगे(तल्लो)क्षेत्रका घरधुरीहरुमा काम सम्पन्न भइसकेका छन् ।

पालिकाका ३ वडामा मात्र फुसको छानो बिस्थापन गर्ने कार्य बाँकी रहेको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । पोमूका अनुसार वडा नं १ निघुरादिनमा १६ घर,वडा नं २ फुलवारीमा ५१ घर र वडा नं ३ हाङपाङमा २७ घरधुरीमा फुसको छानो बिस्थापन गरी जस्तापाता लगाउने कार्य बाँकी रहेको छ । पालिकाले फुसको छानो बिस्थापन गर्न बाँकी रहेका सबै घरधुरीका लागि पालिकामा टिन आइसकेको र दशैंपछिबाट फुसको छानो बिस्थापन कार्यलाई तीव्र गतिमा अघि बढाई मध्य मंसिरसम्ममा पालिका भरीमा फुसको छानो बिस्थापन गरी फुसको छानो रहित पालिका घोषणा गर्ने पालिको तयारी रहेको जानकारी दिनुभयो । पालिकाले फुसको छानो बिस्थापन गर्ने कार्यलाई बिशेष प्राथमिकतामा राखी उचित बजेटको प्रवन्ध समेत गर्दै आएको थियो ।

Similar Posts