दलित समुदायका बिद्यार्थीलाई छात्रबृत्ति दिदैं सिदिङ्वा
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २४ । स्नातक र स्नातकोत्तर तहमा अध्ययरत पालिकाका स्थायी दलित बिद्यार्थीहरुलाई ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको छात्रबृत्ति ऐन २०८२ तथा चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रमको अधिनमा रही यस्तो छात्रबृत्ति प्रदान गर्न लागिएको हो ।
छात्रबृत्ति प्राप्त गर्न चाहने लक्षित समूहका बिद्यार्थीले आउँदो मंसिर २५ गतेसम्ममा पालिकाको कार्यालयमा सोझै वा पालिकाको इमेल ठेगानामार्फत आबेदन गर्नुपर्ने हुन्छ । आबेदकले आफु अध्ययरत शैक्षिक संस्थाको पत्रसमेत संलग्न गर्नुपर्ने हुन्छ ।
पालिकाले स्नातक र स्नातकोत्तर तहमा अध्ययरत दलित बिद्यार्थीलाई अध्ययन सहायतावापत जनही नगद २० हजार रुपैयाँ उपलब्ध गराउने छ ।