सकियो रक्षा संबाददाता अभिमुखीकरण
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । असोज २७ गतेबाट कोशी प्रदेशका पत्रकारहरुका लागि सञ्चालित ४ दिने रक्षा सम्बाददाता अभिमुखीकरण कार्यक्रम बिहीबार सकिएको छ ।
अभिमुखीकरण कार्यक्रमको अन्तिम प्रवचन समारोहमा बोल्दै पूर्वी पृतना मुख्यालय ईटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले अभिमुखीकरण कार्यक्रममार्फत नेपाली सेनाको सांगठनिक संरचना,संबैधानिक व्यवस्था र नेपाली सेनाले सम्पादन गर्दै आएको क्रियाकलापका बारेमा जानकारी प्रस्तुत भएको बताउनुभयो ।
कोशी प्रदेशका १४ जिल्लाका २३ सञ्चारकर्मी सहभागी अभिमुखीकरण कार्यक्रममा सहभागी पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले अभिमुखीकरण पछि नेपाली सेना र सञ्चारकर्मी र सञ्चार संस्थाबिच समन्वयको कार्य हुनेगरी उपलब्धी प्राप्त भएको बताउनुभयो ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा पूर्वी पृतना मुख्यालय ईटहरीमा अभिमुखीकरण भएको थियो ।
दुईबर्ष पछि यस्तो अभिमुखीकरण भएको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो भने विगत १० बर्षदेखि निरन्तर रुपमा सैनिक गतिविधि समेटिएको सन्दर्भ सामग्री प्रसारण गर्ने रेडियोहरुलाई प्रसंसापत्रद्धारा सम्मानित गरिएको थियो ।