सचिव भट्टराईले भने‘लोकतन्त्र,बहुदलिय प्रतिश्पर्धा,मानव अधिकार,संबिधानको सर्बोच्चता अनिवार्य सर्त‘

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले लोकतन्त्र,बहुदलिय प्रतिश्पर्धा,मानव अधिकार,संबिधानको सर्बोच्चता र कानुनको शासन भन्दा दायाँबायाँ जान नसकिने बताउनु भएको छ ।

पछिल्लो बद्लिएको अवस्था बारे सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टराईले होशियारीपूर्वक पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुर्नगठन गर्न र पार्टी एकता कायम राख्न आवह्वान गर्नु भएको छ । जेन जी समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई सर्मथन र कार्यान्वयनमा सहयोग गर्न समेत उहाँले सबैलाई आवह्वान गर्नु भएको छ । पार्टीका आम सदस्यको अपनत्व र सहभागिता सुनिश्चित गर्न पार्टीका आन्तरिक प्रकृयालाई पूर्णतया पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्ने भट्टराईको भनाई छ । त्यसका लागि उहाँले जनतामा जाने,जनतालाई सुन्ने र सोहि अनुसार निर्णय गर्ने प्रकृया अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ ।

खरानीबाट उठेर देशको पुर्ननिर्माण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै नेता भट्टराईले नेपालको हित चिताउने सबैको समन्वयबाट यो काम पूरा गर्नुपर्ने भन्नु भएको छ । हिमाल,पहाड,तराई,सबै जातजाति,भाषाभाषी र धर्म संस्कृतिबिचको एकतालाई बलियो बनाउनुपर्ने आवश्यकता समेत भट्टराईले देख्नु भएको छ । उहाँले विकसित घटनाको राम्रोसंग विश्लेषण गर्नुपर्ने,भएका कमी कमजोरीको समिक्षा गरी गल्तिप्रति आत्मआलोचित भई अघि बढ्नुपर्नेमा समेत जोड दिनु भएको छ् । उहाँले उत्तेजनामा आएर गरिने कुनैपनि निर्णयले सहि ठाउँमा नपु¥याउने बताउनु भएको छ ।

Similar Posts